आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काठमाडौंको मौसम अझै ३ दिनसम्‍म नखुल्ने


  • सोमबार, चैत्र १६ २०७७
17.8K
SHARES

१६ चैत, काठमाडौँ। काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने भएको छ ।

सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ ।

विभागले त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने जनाएको छ ।

यस्तै विभागले तुँवालोका कारण आँखा पोल्‍ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्‍यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा