हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् ।
हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न सकेका छन् ।
केहीदिन देखि लागेको तुवालोले हेलिकोप्टरको उडान–अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन् ।
अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।