बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

आज ५.४५ अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच


  • सोमबार, चैत्र १६ २०७७
13.4K
SHARES

फाईल तस्बिर

सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ५.४५ अंकले घटेर २५४३.५२ बिन्दुमा पुगेको हो ।

हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १.०७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

६४ हजार ५१५ पटकको कारोबारमा ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्‍फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा