बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

होली खेल्दा एसिड छ्यापियो, तीन विद्यार्थी घाइते


  • सोमबार, चैत्र १६ २०७७
6.9K
SHARES

फाईल तस्बिर

काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ ।

शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घाइतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् ।

पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं ले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा