बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

तुवाँलोले ढाकिएको आकाश कहिले सफा होला ?


  • सोमबार, चैत्र १६ २०७७
10.4K
SHARES

फाईल तस्बिर

शुक्रबार दिउँसोदेखि एक्कासि तुवाँलोले ढाकिएको देशको अधिकांश भागको आकाश अझै सफा हुन सकेको छैन् । तुवाँलोका कारण उपत्यका लगायत देशभरका अधिकांश स्थानमा घाम लागेको छैन भने हावा पनि चलेको छैन । वायुमण्डल धुमिल भएको छ । भिजिविलिटीमा पनि कमी आएको छ ।

भिजिविलिटी अन्यन्तै न्यून देखिएको छ । त्यस्तै उपत्यका बाहिरको दृश्य पनि धुमिल देखिएको छ । आकाश पूर्ण रुपमा तुवाँलोले ढाकिएको छ । नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा  नचेलेका कारण प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई भिजिविलिटी घटेको छ ।

वातावरणमा आएको परिवर्तनले जनजीवन पनि प्रभावित भएको छ । प्रदूषित वायुमण्डल सफा हुनका लागि हावा चल्नुपर्ने अथवा पानी पर्नुपर्ने विज्ञहरुले बताएका छन् । केहि दिनयता धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।  प्रदूषणको असरबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा