शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चीनमा १० करोड व्यक्तिले लगाए कोभिड–१९ विरूद्धको खोप


  • सोमबार, चैत्र १६ २०७७
16.7K
SHARES

प्रतिकात्मक तस्बिर

चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् ।

चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा