शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज – चैत्र १६, २०७७ सोमवार को राशिफल


  • सोमबार, चैत्र १६ २०७७
10K
SHARES

फाईल तस्बिर/ राशिफल

आज – चैत्र १६, २०७७ सोमवार को राशिफल

 

मेष

शुभ समाचार सुन्न पाईएला । गफैको भरमा काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

 बृष

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन

आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

कर्कट

आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

सिंह

आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् ।

कन्या

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट रहला । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

तुला

आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

बृश्चिक

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला ।

धनु

आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

मकर

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

कुम्भ

मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन

आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा