शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपाल समूहको निष्कर्ष : विभाजन रोक्ने, समर्पण नगर्ने


  • आइतबार, चैत्र १५ २०७७
18.7K
SHARES

तस्विरः फाइल

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले पार्टीभित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने भएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य एवम् सांसदहरुको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निष्कर्ष निकालेको हो ।

गएको ४–५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाकै म्याण्डेटअनुसार, पार्टीभित्रै अन्तरसंघर्ष गर्न समानान्तर कमिटी निर्माणको अभियान तीव्र पारिने केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन् । ‘राष्ट्रिय भेलाको निर्णय कार्यान्वयन गर्नेतिर जान्छौं । त्यो भनेको पार्टी पुनर्गठन प्रमुख हो’, उनी भन्छन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि यो समूहले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना र विधानअनुसार बैठक बोलाउनुपर्ने माग राख्दै आएको छ । तर, यसबीचमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यको बैठक राखी विभिन्न निर्णय गरेका थिए र उक्त निर्णय फिर्ता नहुने अडानमा छन् । शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा पनि ओलीले कुनैपनि बैठकले गरेको निर्णय फिर्ता नहुने बताएका थिए ।

बरू, नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई समानान्तर गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण सोधिएपछि कालीमाटीमा भएको अनौपचारिक छलफलले समानान्तर संगठन निर्माणलाई जोड दिँदै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा