प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। आइतबार सापकोटा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।
भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो।
संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।