उपप्रधानमन्त्री ईश्वर पोखरेलले देशलाई अस्थिरता तर्फ धकेल्ने हर्कत सफल हुन नदिने बताउनुभएको छ ।
बनेपा नगरपालिकाको ४० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ५ वर्षसम्म यही सरकारले काम गर्ने दाबी समेत गर्नुभयो ।
स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ ।
फरक प्रसंगमा उहाँले स्थानीय सरकारले उत्पादन र रोजगारीमा जोड दिनुपर्ने बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।