शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मलाई घोक्र्याएर पार्टीमा फर्काइयो, अदालतले विचित्रको फैसला गर्‍यो– माधव नेपाल


  • शनिबार, चैत्र १४ २०७७
14.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईंहरू संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’

तर, त्यसबाट आफू नडराउने पनि नेपालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर, बिडम्बना भन्न पनि कस्तो गाह्रो छ । पार्टीको कुरा माधव नेपालले डबलीमा भन्यो भनेर आरोप लगाएर कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्नसक्छ । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा