६७ वर्षका एक पुरुषको योनाङ्गबाट ५९ फिट लामो किरा फेला परेको छ ।
उक्त किरा शल्यक्रिया गरी निकालिएको छ । ती व्यक्तिलाई पहिले पेट दुख्ने समस्या भएको थियो ।
जाँचमा उनको गुप्तांगमा यति लामो परजीवित भएको पाइएपछि डाक्टरहरुले शल्यक्रिया गरेर यसलाई बाहिर निकालेका छन् । यो अनौठो केस देखेर डाक्टरहरु पनि चकित परेका छन् । घटना थाइल्याण्डको नोंगखाइ प्रान्तको हो ।
द सनको रिपोर्ट अनुसार यी व्यक्तिलाई लामो समयदेखि पेट दुख्ने समस्या थियो । उनले अस्पताल गएर जाँच गराउँदा यस्तो नतिजा निस्कियो जसको कसैले अपेक्षा गरेका थिएनन् । थाइल्याण्डको नोंगखाइ प्रान्तको प्यारासिटिक डिजिज रिसर्च सेन्टरमा ती व्यक्तिले जाँच गराएका थिए । जाँचमा ती व्यक्तिको गुप्तांगमा परजीवि भएको पाइयो ।
रिसर्च सेन्टरका प्रवक्ताका अनुसार १८ मिटरभन्दा लामो परजीवि पाइएको हो । डाक्टरहरुका अनुसार यो परजीवि काँचो मासु खाँदा पेटमा पुग्छ । यो परजीवि ३० वर्षभन्दा धेरै समयसम्म मानिसभित्र रहन सक्छ । यद्यपि अहिले यिनीहरु धेरै लामो समयसम्म जीवित रहँदैनन् किनकि अहिले पहिलेको तुलनामा राम्रो औषधि उपलब्ध छ ।
अहिले निकालिएको परजीविको लम्बाइ ५९ फिट बताइएको छ । यसलाई निकाल्न डाक्टरहरुलाई निकै समय लाग्यो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।