बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जोशीको सम्मानमा काँग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


  • शनिबार, चैत्र १४ २०७७
8.2K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

यस्तै, १७ एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।

जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ ।

मौसम खराबीका कारण विराटनगरमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी हुन सकेनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा