बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जोशीको निधनपछि देउवाले भने : काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमायो


  • शुक्रबार, चैत्र १३ २०७७
14.6K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नवीन्द्रराज जोशीको निधनको खबरले निकै मर्माहत भएको बताएका छन् । शुक्रबार साँझ देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले निकै मर्माहत भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ ।’

देउवाले जोशीको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त  गरेका छन् । यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको  खबरले मलाई मर्माहत बनाए बताए ।

उनले ट्वीटरमा लेखेका छन्,’नेपाली काँग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडिमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पुर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आजसाँझ ८ः२४ बजे निधन भएको थियो । ​मष्तिष्कघातपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा