शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१४ वर्षसम्म मुलुकमा गलत राजनीतिक अभ्यास भयो : कमल थापा


  • शुक्रबार, चैत्र १३ २०७७
13.6K
SHARES

फाईल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक परिवर्तनका बहानामा कम्युनिष्टहरुले मुलुकको शान्ति र स्थायित्वको विपरीत काम गरेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रबार आयोजित राप्रपा मकवानपुरको जिल्ला परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/०६३ को जनआन्दोलन यताका १४ वर्षको अवधिमा कम्युनिष्टहरुले मुलुकको राज्यसत्ता हातमा लिएर गलत राजनीतिक अभ्यास गरिरहेको आरोप लगाए ।

२०६२/०६३ जनआन्दोलन पछिको १४ वर्षको अवधिमा मुलुकमा परिवर्तनको नाममा हिन्दु राज्यलाई पाखा लगाइयो, नयाँ नेपाल निर्माण, शान्ति र स्थायित्वको विपरित कम्युनिष्टहरुले मुलुकमा सत्ता सञ्चालनको गलत अभ्यास गरिरहे’ उनले भने ।

उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोपसमेत लगाए । अब देशले निकास खोजिरहेको उनको भनाइ थियो । कम्युनिष्टहरू आपसी विवादमा फसेर फुटको राजनीतिमा व्यस्त रहेको, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि लाचार बनेको भन्दै थापाले देशलाई सार्थक निकासको बाटोमा लैजान राप्रपा वैकल्पिक शक्तिका रुपमा अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । विगत १४ वर्ष यता, मुलुकमा राजा विहीन प्रजातन्त्रको अभ्यासका कारण देश संकटमा आएको भन्दै उनले राप्रपाको नेतृत्वमा राजासहितको प्रजातन्त्र पुनःस्थापनामा लाग्न सबै नेता तथा कार्यकताहरुलाई आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा