नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बोलाएको बैठकमा सहभागी हुन खनाल बालुवाटार पुगेका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । यसअघि बसेको दलको बैठकमा भने खनाल सहभागी भएका थिएनन् ।
तर, उक्त बैठकमा माधव नेपाल र भीम रावल भने गएका छैनन् । दलको बैठकमा नेपाल–खनाल पक्षका सबै सांसदहरु सहभागी हुने भए पनि नेपाल र रावल भने बालुवाटार गएनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।