खुकुरी भोजपुरको शान नेपाली को पहिचानको हो । स्थानिय निकायले प्रमुखताका शाथ नहेरेको कारण खुकुरी उद्योगहरुनै धारासाई बन्दै छन ।स्था निय निकायले ध्यान नपुर्याउदा भोजपुरे खुकुरी संकटमा परेको छ । त्यसैले जनप्रतिनिधीहरुले यतातर्फ ध्यन केन्द्रीत गरेर युवा पुस्तालई अकर्षीत गराई भोजपुरे खुकुरीको अस्तित्व बचाई राख्न जरुरी छ ।
खुकुरी नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार र संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ मगर राई लिम्बु खस क्षेत्री आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ । त्यसैकारण नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् ।
नेपाली समाजमा खुकुरी लाई देवताको रुपमा पुजा गरीने गरीन्छ जाहाँ मूर्तिको स्थापना गर्न असम्भव हुन्छ त्याहाँ खुकुरी लाई राखी पुजा गर्ने गरीन्छ ।
खुकुरी मा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैपर्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ र धार र बिँडको बीचमा तीनचोसे कौडी पनि हुनैपर्छ । यसले त्रिगुण ब्रम्हा विष्णु महेश्वरको प्रतिनीधि गर्छन भन्ने मान्यता छ ।
भोजपुर भन्ने बित्तिकै मान्छे भनिहाल्छन खुकुरीको लागी प्रसिद्द ठाउ हो । बस्तम्मै हो पनि भोजपुर जिल्ला खुकुरीको लागी प्रसिद्द जिल्ला हो , तर अहिले खुकुरी उद्योग हरु थोरै मात्रामा छन । भोजपुरको पहिचान यो खुकुरी सिरूपाते खुकुरी भन्दा बाक्लो, गह्रौ र बढि चौडाई भएको हुन्छ त्यसैले भजपुरे खुकुरीलाई उत्कृष्ट खुकुरी भन्ने गरीन्छ ।
खुकुरी नेपालको आदर्श चिनो हो। यो नेपालीहरूको आधारभूत र पारम्परिक जरुरी हतियार थियो र आज पनि छ। हतियारको रूपमा धेरै प्रभावी खुकुरी, विश्वमा छरियेका सबै गोर्खालीहरूको चिनो मात्र होईन, शान पनि हो। यो नेपाली सेनाको पनि हतियार चिनो हो।
देश तथा विदेशमा भोजपुरको चिनारी बनेको भोजपुरे खुकुरी दक्ष युवा जनशक्ति अभावका कारण संकटमा परेको छ । वीर गोर्खालीको उपमाले विश्वमा नेपालीको परिचय दिएको र विदेशी मुद्रा आर्जनमा समेत राम्रो स्रोत बन्न सफल प्रसिद्ध भोजपुरे खुकुरी यतिखेर संकटमा पर्दै गएको छ ।
जिल्लाका सदरमुकाम, टक्सार, रानीवास, खैराङ, कोट, गोगने र खावा गाविसमा रहेका चार दर्जन खुकुरी उद्योग दक्ष जनशक्तिको अभावका कारण संकटमा परेका छन् । राणाशासन र पञ्चायती शासनकालदेखि प्रसिद्ध भोजपुरे खुकुरी दक्ष जनशक्ति नभएका कारण उत्पादनमा कमी आउन थालेपछि जिल्लाभित्रको मागलाई समेत धान्न मुस्किल परेको उद्यमीको भनाइ छ । पाखुरा चलाउन सक्ने युवापुस्ता वैदेशिक रोजगारी, पढाइ तथा जागिरका सिलसिलामा जिल्लाबाहिरै बस्ने र भएकाले पनि चासो नलिने हुँदा भोजपुरे खुकुरी संकटमा पर्दै गएको हो ।
विभिन्न आकर्षक बुट्टाले भरिपूर्ण हुने भएकाले भोजपुरको खुकुरी देशविदेशमा प्रख्यात छ । यहाँ विशेष गरेर बुदुने, शिरुपाते , बाँसपाते , चित्लांगे प्रकारका खुकुरी पाइने गर्छ । संबधित निकाय तथा जनप्रतिनिधिले ध्यान दिएको खण्डमा भोजपुरे खुकुरीले बिदेशमा समेत बजार प्रसस्तै पाउने थियो । त्यसैले भोजपुरका स्थानिय निकाय तथा जनप्रतिनिधिले खुकुरी उद्योग ब्यबसायलाई ध्यान दीई ईतिहाँस बोकेको भोजपुरे खुकुरीलाई जोगाई राख्नु पर्ने देखिन्छ ।