शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ताप्लेजुङबाट पक्राउ परे विप्लवका जिल्ला सदस्य


  • शुक्रबार, चैत्र १३ २०७७
8.3K
SHARES

फाईल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

उनका अनुसार लिम्बु गत वर्ष परेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको पोखरेलले बताए।

‘उनीविरूद्ध विस्फोटक पदार्थको मुद्दामा अदालतबाट पक्राउ पुर्जी आएको थियो। हिजो हामीले पक्राउ गरेर उहाँलाई अदालतमा बुझाएका छौं। अदालतले केही आदेश देला,’ प्रहरी निरीक्षक पोखरेलले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा