प्रधानमन्त्री एंवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता तोकेका छन्।
सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन्।
यसअघि नेकपा एकै पार्टी हुँदा तत्कालीन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए। दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता खाली थियो।
प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता बनेको पत्र प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पठाएका छन्।
सचिवालयले उक्त पत्र प्राप्त भइसकेको जानकारी दिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।