बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक कलंकीमा जारी


  • शुक्रबार, चैत्र १३ २०७७
11.2K
SHARES

तस्विरः फाइल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ।

उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

आजै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेका छन्। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक खनाल-नेपाल समूहका सांसदहरू पनि उपस्थित हुनेछन्। नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने बालुवाटार बैठकमा सहभागी हुने/नहुने टुंगो छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा