लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई जना सांसदलाई पार्टीले स्पष्टीकरण सोधेको छ।
बिहीबार माओवादी केन्द्र संसदीय दलको बैठकले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र परित्याग गरेका दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको हो।
प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रुपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटन पछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।
सो पार्टीका संसदीय दलका नेता एवं लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती मगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ।
त्यस्तैगरी प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण भइसकेको अवस्थामा दलको विधान संशोधन गरी पारित गरिएको पार्टीका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।