बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

रेशम चौधरीलाई रिहा गर्न माग गरेको माइतीघर धर्नामा पुगे गृहमन्त्री


  • बिहिबार, चैत्र १२ २०७७
15.5K
SHARES

फाईल तस्बिर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा सहभागी बनेका छन्।
बिहीबार दिउँसो धर्नामा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।

धर्नामा बसेकाहरूलाई सम्बोधन गर्दै उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए। चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो।
‘तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने,’सरकारको यसमा ध्यान पक्कै गएको छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु। सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छ।’

उनले चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक नै रहेको बताए।

‘सरकारले छिट्टै वार्ता टोली गठन गरेर सम्वाद र वार्ताद्वारा नै यसलाई हल गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंको संयुक्त आयोजनामा माइतीघरमा केही दिनदेखि चौधरीको रिहाइको माग गर्दै प्रदर्शन हुँदै आएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा