बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

केएमसीमा पूर्वउपराष्ट्रपति झाको सफल शल्यक्रिया


  • बिहिबार, चैत्र १२ २०७७
11.8K
SHARES

फाईल तस्बिर

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरिया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउन पूर्व उपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्त थैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो । शल्यक्रिया पश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा