बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ


  • बिहिबार, चैत्र १२ २०७७
16.9K
SHARES

फाइल तस्विर

मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे  विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार पक्राउ परेका हुन् ।

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा