नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, ज्ञवालीले भने, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ ।
ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।