बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


  • बुधबार, चैत्र ११ २०७७
6.8K
SHARES

फाईल तस्बिर

आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ’ उनले भने ।

कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।

कांग्रेस कार्यालयका मुख्यसचिव पौडेलकाअनुसार बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा