शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले केन्द्रीय कार्यालय सर्न लागेको घर सञ्जय अग्रवालको, साढे २ तलाको घरमा छन् १३ कोठा


  • बुधबार, चैत्र ११ २०७७
28.9K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ।

थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुन लागेको छ।

घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो।

‘पहिला हामी आफैं बस्थ्यौं। बीचमा युएन वुमन बस्यो। अहिले एमालेलाई दिन लागेका छौं,’ अग्रवालले सेतोपाटीसँग भने,‘भाडा कति हुने र कति वर्षसम्म भाडामा दिने भन्नेबारे आज सम्झौता भएपछि थाहा हुन्छ।’

अग्रवालले आफ्नो पहिला प्याकेजिङको व्यापार भए पनि लकडाउनपछि बन्द भएको बताए।

‘अहिले हामी कालीमाटीमा भाडामा बसिरहेका छौं,’ अग्रवालले भने,’हाम्रो अर्को घर छैन।’

उनले एमाले पार्टीसँग आफू आवद्ध नभएको दाबी गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा