मार्च २४ अर्थात आज (आइतबार) विश्व क्षयरोग दिवस। ‘क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो।
यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ। सन् १८८२ मार्च २४ मा डा. रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए। त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट यो दिवस विश्वभर मनाउदै आइएको छ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको चिकित्सकहरुले बताएका छन्। यसले फोक्सोमा सबै भन्दा चाडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्दछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।