बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रहरी समायोजनको काम पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल


  • मंगलबार, चैत्र १० २०७७
9.7K
SHARES

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।

उनले मङ्गलबार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगमी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा