बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जसपाका नेता प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटारमा


  • मंगलबार, चैत्र १० २०७७
12K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन्।

उनीहरुबीच जारी वार्ता सत्ता समीकरणमा केन्द्रित रहेको बताइएको छ।

रेशम चौधरीको रिहाइलगायतका आफ्ना मागहरूबारे सरकारको आधिकारिक धारणा लिन नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले बताए ।

पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा