शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

रोनाल्डोको नजर ऐतिहासिक कीर्तिमानमा


  • मंगलबार, चैत्र १० २०७७
22.2K
SHARES

फाइल तस्बिर

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डबाट मात्र सात गोलले पछि छन् । इरानका अली डेइको एक सय नौ गोलको कीर्तिमानबाट युभेन्टसका स्टार मात्र सात गोलले पछि रहेका छन् ।

पोर्चुगलका लागि एक सय दुई गोल गरेका रोनाल्डोको नजर भने सोही कीर्तिमानमा छ । अब पोर्चुगलले यसै मार्च महिनामा तीन खेल खेल्दैछ । पोर्चुगलले मार्च २४ मा अजरबैजान, २७ मा सर्बिया र ३० मा लक्जम्बर्गसँग खेल्दैछ ।

विश्वकप छनोटअन्तर्गतका तीनै खेल खेल्दा रोनाल्डोको नजर भने सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डमा छ । १८ वर्षको उमेरमा २० अगस्ट २००३ मा अन्तर्राष्ट्रिय टोलीमा डेब्यू गरेका रोनाल्डो उक्त कीर्तिमान तोड्ने अवसर गुमाउन चाहँदैनन् ।

रोनाल्डोले सन् २००४ मा युरोपियन च्याम्पियनसिपमा ग्रीकविरुद्ध गोल गर्दै पोर्चुगलका लागि डेब्यू गोल गरेका थिए । १२ जुन २००४ मा ग्रीकविरुद्ध गोल गरेका उनले त्यसको दुई वर्षअगाडि नै व्यवसायिक करिअरका लागि गोल गरिसकेका थिए । १४ अगस्ट २००२ मा उने स्पोर्टिङ सिपीबाट पहिलो गोल गरेका थिए ।

ग्रीकविरुद्धको गोलपछि रोनाल्डोले अन्तर्राष्ट्रिय गोल गर्ने क्रमलाई निरन्तरता दिइरहे । सन् २०१९ मा उनले अन्य वर्षको तुलनामा सबैभन्दा धेरै १९ गोल गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा