शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

त्रिदेशीय कपपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने


  • मंगलबार, चैत्र १० २०७७
15.7K
SHARES

फाइल तस्बिर

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले आजदेखि सुरु हुने थ्री नेशन्स कप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भइरहेका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास घोषणा गर्न लागेका हुन् ।उपाधि जितेको हिसाबले नेपालको सफल कप्तानको रुपमा विराजलाई लिइन्छ । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबल जितेको थियो ।

यस्तै एएफसी सोलिडारिटी कपमा अनिल गुरुङ कप्तान भए पनि अधिकांश समय विराजले नै आर्मब्याण्ड लगाएर नेतृत्व गरेका थिए । सोलिडारिटी कपमा पनि नेपाल च्याम्पियन बनेको थियो ।

दशरथ रंगशालमा नेपालको सिनियर टिम करिब ६ वर्षपछि खेल्दैछ । नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने पक्का छ । तर, अहिलेसम्म नेपालको अन्तिम टोली घोषणा भएको छैन ।

विश्वकप छनोटको तयारीका लागि प्रशिक्षणमा रहेका ३२ खेलाडीबाटै टिम छनोट गरिनेछ ।

विराजले घरेलु मैदानमा खेलेर बिदा लिनु सबैभन्दा उपयुक्त हुने ठानेका छन् । विराजको यस निर्णयबारे एन्फामा पनि छलफल भएको र एन्फा सकरात्मक रहेको स्रोतले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा