बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

माओवादी केन्द्रको स्थायी समिति बैठक सिंहदरबारमा जारी


  • मंगलबार, चैत्र १० २०७७
13.6K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।

बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। एक केन्द्रीय सदस्यले सेतोपाटीलाई दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही तथा पछिल्लो राजनीतिक घटनाका विषयमा आजको बैठकमा छलफल हुनेछ।

माओवादी केन्द्रले यसअघिनै सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

माओवादीले गत फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा