बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

काँग्रेस पदाधिकारी बैठक सुरु


  • सोमबार, चैत्र ९ २०७७
8.2K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।

मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो ।  क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा