सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियोहरू सामाजिक रुपान्तरणको नभइ पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।
मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरूको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्न नियमन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री गुरुङले सामुदायिक रेडियोहरूले आफूले उत्पादन गर्ने समाचार तथा विषयवस्तुहरूको विषयमा पनि नीतिगत रूपमा बहस गर्नुपर्ने बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।