चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले अनलाइनखबरसँग भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।’
चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।