मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो ।
टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु मृत्यु भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।