शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सर्लाहीमा १५ किलो गाँजासहित तीनजना पक्राउ


  • सोमबार, चैत्र ९ २०७७
12.1K
SHARES

फाईल तस्बिर

सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीनजनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुष्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्द्रकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाख्रिन छन् ।

अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ ।

अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा