राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गर्नुभएको हो ।
बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश जानुभएको हो ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा पनि सहभागी हुनु हुनेछ । हाल बंगलादेशमा रहमानकै छोरी शेख हसिना वाजेद प्रधानमन्त्री हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले सोही कार्यक्रममा नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन पनि दिनुहुनेछ । भण्डारीले बंगलादेशी समकक्षी मोहमद अब्दुल हमिदसँग दुईपक्षीय विषयमा कुराकानी गर्ने र उहाँले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।
उहाँले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट पनि गर्नुहुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।