नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।
५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रममा उनले भने संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ । ‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । केपी नै देखिए भनेका छन् र अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’
केपीले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम हत्या गर्न थालेपछि विद्रोहको झण्डा कसले उठायो ? विद्रोहको झण्डा पनि त मैले उठाएँ । अब मलाई साथ दिने कि नदिने ? केपी ओलीले ठग्ने काम मात्रै गरेपछि मैले १९ पृष्ठ लामो दस्तावेज ल्याएको हो ।’ उनले ओली प्रवृत्ति आक्रोश पोख्दै भने ।
संविधानलाई मार्ने, क्रियाशील हुन नदिने, कार्यान्वयन हुन नदिने कसरत भएको पनि प्रचण्डले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।