शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली सेनाले निकाल्यो काभ्रेमा भिरबाट खसेका युवाको शव


  • आइतबार, चैत्र ८ २०७७
12.1K
SHARES

फाईल तस्बिर

नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ । शुक्रवार बेथानचोक–३ मा ‘नाइट स्टे’ गएका रिजालको भिरबाट लडेर मृत्यु भएको थियो । नारायणस्थान मन्दिरको पश्चिमतर्फ खसेका रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।

चुनौतिपूर्ण ठाउँबाट २५ वर्षीय रिजाल करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा