शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसमा पौडेल पक्ष अलग्गै छलफलमा


  • आइतबार, चैत्र ८ २०७७
8.3K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गर्नुभएको छ ।

पौडेल निवास बोहोराटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पनि नयाँ सरकार बनाउन नसकिएको, संसदको बैठक पनि प्रभावकारी नभएको, वर्तमानमा कांग्रेसको भूमिकालगायत विषयमा नेताहरुबीच छलफल भएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पनि कसरी अगाडी बढ्ने भन्नेमा पनि नेताहरुबीच छलफल भएको बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको विकल्प दिन अग्रसरता नलिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा