शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वाईसीएलको केन्द्रीय समिति १६१ सदस्यीय, आउँदो जेठमा राष्ट्रिय भेला


  • आइतबार, चैत्र ८ २०७७
8K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ ।

चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।
त्यस्तै वाईसीएलले ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ ।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।

वाईसीएलको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्र देखाएको भन्दै खेद व्यक्त गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा