नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए ।
अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि भइरहेको प्रहारको प्रतिवादन गर्नुपर्ने बताए ।
उनले विशेषाधिकार बिना महिला र दलित वर्गले प्रतिस्पर्धा गर्न सक्दैनन् भन्दै त्यसका लागि संविधानमै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमको विशेषाधिकार कायम गर्नुपर्ने बताए ।
प्रचण्डले प्राप्त अधिकार लिने र लिन बाँकी अधिकारका लागि आन्दोलन जारी राख्नुपर्ने बताए । क्रान्तिको बाटोबाट आफू टाढा नरहेको भन्दै प्रचण्डले केही शैली परिवर्तनमात्र भएको बताए । सबै नेपाली अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
संविधानले पछाडि पारिएको वर्गलाई तलदेखि माथिसम्मका निकायमा समावेश गर्ने व्यवस्था लागू गरेकाले माथिल्लो तह र तप्कामा रहेका केही व्यक्तिलाई यो संविधान घाँडो भएको प्रचण्डको आरोप छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।