भोजपुर जिल्ला बासीले गर्वले छाती धक्क फुलाउने,कहिल्यै नमर्ने ज्युदो ईतिहास षडानन्द जन्मेको ठउ हो दिङ्ला ।
बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल राम नवमी, सोमवारको शुभ साइतमा अहिलेको संरचनामा प्रदेश नं १, भोजपुर जिल्ला स्थित षडानन्द नगरपालीका दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरेर नेपालको ईतिहासमै जनस्तरबाट खोलीएको पहिलो विद्यालय खोलेर शिक्षाको उज्यालो दियो बाल्ले हिम्मत गर्ने तपस्वि षडानन्द जन्मेको एतिहासिक ठाउ हो भोजपुरको दिङ्ला ।
शिक्षको दियो बाल्ने क्रममा स्वयम बालागुरु आफैले प्रारम्भका वर्षहरूमा अध्यापन कार्य सञ्चालन गरेर भोजपुरे हरुलाई गर्भले छाति धक्क फुल्ने काम गरेको ईतिहास छ भोजपुर जिल्लाको दिङ्ला संग ।
जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ । यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा आसाम समेतका विद्यार्थीहरु आई अध्ययन गर्दथे।
यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन अध्यापनका लागि छुट्टा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो। त्यसै गरी विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो। अद्यापि केही दुर्लभ ग्रन्थहरु त्यहाँ सुरक्षित रहेका छन भन्ने सुनिन्छ ।
आजीवन ब्रह्मचर्यमा रहेका षडानन्दले भारतको बनारसमा अध्ययनका साथै योग साधना समेत गरेको देखिन्छ। योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए। षडानन्दका त्यस वेलाका शिष्यहरुको भनाइ अनुसार उनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए। यसै क्रममा यिनले बाग्मती नदी किनारको पत्थर घट्टामा बसी तपस्या गरेका थिए भनिन्छ। त्यस्तै देवघाट हुँदै केही वर्ष सेती किनार, पोखरामा बसेर पनि अष्टाङ्ग योग साधना गरेको चर्चा सुनिन्छ। यिनी एउटै थलामा तिन वर्षसम्म बसेर अनेकन कष्टप्रद साधना तथा तपश्चर्या गर्थे भन्ने भनाइ छ। यिनी पट्टल बाँधेर योग साधनामा रहँदा भुँइबाट एक हातमाथि आकाशमा समेत उठ्तथे भनिन्छ।