शनिबार, साउन ९ २०८३
ताजा अपडेट

४० वर्षपछि जेलबाट छुटेका इलामका दुर्गाप्रसाद नेपाल आइपुगे, आजै परिवारको जिम्मा लगाईने


  • आइतबार, चैत्र ८ २०७७
8.1K
SHARES

फाईल तस्बिर

भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याइएको हो ।

झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने बताइएको छ ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम हिजो छुटेका हुन् ।

शारीरिक र मानसिक रुपमा कमजोर दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।

इलामबाट दुर्गाप्रसाद १९ वर्षको हुंदा काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेपछि उनी विभिन्न जेलमा सारिए ।

सन् १९८२ मा उनी अदालती सुनुवाइका लागि मानसिक रुपमा स्वस्थ नभएको जिल्ला अदालत दार्जिलिङले भनेको थियो ।

त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा