शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादी केन्द्र र एमालेको ‘डिक्सनरी’बाट नैतिकता भन्ने शब्द हरायो: प्रकासमान


  • आइतबार, चैत्र ८ २०७७
11.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्र र एमालेको ‘डिक्सनरी’बाट नैतिकता भन्ने शब्द हराएको टिप्पणि गर्नु भएको छ । सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह समेत गर्नुभएको छ ।

आफ्नै निवास चाक्सीबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सिंहले सरकारलाई दिएको समर्थन निरन्तरा वा फिर्ताको विषयमा प्रष्ट बन्न आग्रह गर्नुभयो ।

कांग्रेसको एकल बलमा केपी ओली नेतृत्वको सरकार हटाउन सहज नभएको भन्दै उहाँले नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र तथा जसपाको ढुलमुले नीतिले वर्तमान राजनीतिक अन्योलता जटिलताउन्मुख भएको तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता सिंहले माओवादी केन्द्र र एमालेको ‘डिक्सनरी’बाट नैतिकता भन्ने शब्द हराएको आरोप लगाउनुभयो ।

जनताबाट पाएको ‘म्याण्डेट’ लाई धोका दिने काम कम्युनिष्टहरुबाट भएको भन्दै उहाँले राजनीतिप्रति जनविश्वास घटेको बताउनुभयो ।

आदर्शको कुरा गरेर सत्तामा टासिने नैतिकता वर्तमान ओली नेतृत्वको सरकारमा नभएको उहाँको तर्क छ ।

कार्यक्रममा विश्वकर्मा समाजको राष्ट्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्मा लगायत डेढ दर्जन अगुवा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा