शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भीम रावलको ट्वीट: ओलीले स्पष्टीकरण सोध्नु अवैध र हास्यास्पद


  • आइतबार, चैत्र ८ २०७७
8.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।

रावलले नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु हास्यास्पद र अवैध भएको बताउनुभएको हो ।

‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, रावलले भन्नुभएको छ ।

यस्तो निर्णयलाई आफूले कदापि नस्विकार्ने रावलको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा