हिन्दू धर्ममा सूर्यलाइ देवताको रूपमा पूजिन्छ। अन्धकारलाइ दूर गरेर प्रकाशको किरण फैलाउने सूर्य देव लाइ पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ सूर्य यो ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ।
सूर्यको मानव जीवनमा महत्वलाइ समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाइ धार्मिक द्रष्टिले हेरिन्छ। हिन्दू धर्म शास्त्र अनुसार सूर्य देव लाइ जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ भन्ने मान्यता छ ।
सूर्य देव को आराधना गर्दा के हुन्छ भन्ने मान्यता छ ?
सूर्य देव को आराधना ले मान्छे सम्पतिवान,भाग्यवान र निडर अनि निरोगि हुन्छ भन्ने मान्यता रहिआएको छ । बिस्वास र भक्तिभावले आरधना गरे सबै मनोकामना पुरा हुने जनबिस्वास छ ।
सूर्य देवको आराधना गर्दा मनुष्य बल , बुद्धि , तेज , मान -सम्मान , धन -सम्पति और स्वास्थ्यले परिपूर्ण भैइन्छ । यसको साथ-साथ सूर्य देव को नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ।
सूर्य देवको पूजाले मानव जीवनमा हुने प्रभावको सूर्य देवको आराधनाले शरीर रोगमुक्त हुन्छ। रोग जस्तो पनि होस् सूर्य देवको विधिवत आराधनाले रोग बाट मुक्ति मिल्छ।
चिंता , तनाव , अवसाद , नकारात्मक सोच ) बाट मुक्ति मिल्छ। सूर्य देवको पूजाले जीवनमा सकारात्मक उर्जाको संचार हुन्छ। सूर्य देवको पूजाले मन बाट अहंकार, हीन भावना, ईर्ष्याको भाव दूर हुन्छ ।
जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देवको आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा सूर्य देवको आराधना गर्नु पर्दछ।
जो व्यक्ति सम्पूर्ण जीवन सूर्य देव को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ ।
सूर्य देव को आराधना कसरी गर्ने ?
जसरी साधारण घरमा पुजा अन्य देवतालाई गरिन्छ त्यसरीनै पुजा गर्न सकिन्छ ।
सूर्यदेव आराधना मा सूर्यदेवलाइ जल अर्पित गर्नु सबभन्दा महत्व रहन्छ । यसलाइ हामि सूर्यलाइ अर्घ दिनु भन्छौ, सूर्यदेव लाइ अर्घ दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर उभियौ ,एक तामाको पात्रमा जल भरेर सकियो भने थोरै चावल , थोरै चीनी , पुष्प र कुमकुम जलमा छर्किएर जल अर्पण गर्न सकिन्छ । जल मात्रै पनि अर्पण गर्न सकिन्छ ।
सूर्य देवको अगाडि उभिएर तामाको पात्र द्वारा दुइटै हातले जल जमीनमा छोडौ, ध्यान् दिऔ, तामाको पात्रलाइ आफ्नो छातिको सामुने र सूर्य देवलाइ जल अर्पित गर्दै पात्रलाइ काध बाट माथि लग्ने प्रयास गरौ, पात्रबाट तल बग्ने जलधारामा सूर्य को प्रतिबिम्बलाइ हेर्ने प्रयास गरौ ।
सूर्य देवलाई अर्घ दिने समय निरंतर सूर्यदेवको यो मंत्र को जप गर्दै रहौ, “ ॐ सूर्याय नमः ” सूर्य देवलाइ अर्घ दिए पश्चात् तल झुकेर जललाइ स्पर्श गरौ र अंतमा सीधा उभिएर हात जोडेर सूर्यदेवलाई प्रणाम गरे मात्र पनि सबै मनकामना पुरा हुनेछ भन्ने बिस्वास छ।
बिसेसत आईतबार सुर्यदेबको ब्रत बस्ने र आरधना गर्ने दिन हो ।