शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय


  • आइतबार, चैत्र ८ २०७७
18.3K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले चार* नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बालुवाटार बैठकको ठहर छ । भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा